logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा महिलाको घाँटी रेटी हत्या गरेको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
1.001K
Shares

भक्तपुर नागपोखरी बस्ने एक महिलाको चक्कुले घाँटी रेटी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का कुमार लामा र भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ चौवासका नवराज रिजाल रहेका छन् ।

उनीहरुले काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी ठेगाना भएकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशा नगरकोटीको शव फेला परेको थियो ।

भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।