logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


अंकुरण खबर
780
Shares

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही क्रममा कोरोनाबाट एक जनाको मृत्‍यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै, आज थप १ सय ८९ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।