logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु


अंकुरण खबर
702
Shares

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।

भक्तपुर-३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्षण गरी जीवन्तता दिई नयाँ पुस्तालाई परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितामा जोड दिँदै आएको बताए ।

पछिमा बाजा प्रतियोगिताको उद्घाटन र्‍याली नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा–९ दत्तात्रयमा बेलुन उडाएर सुरु गरेका थिए । ¥याली दत्तात्रयबाट सुरु भई इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरू, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरू र सहभागी सांस्कृतिक टोलीहरूको सहभागिता थियो ।

¥याली सुरु हुनुअघि भनपा–७ का वडाध्यक्ष उकेश कवां र वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए । भक्तपुर नगरस्तरीय पछिमा बाजा प्रतियोगितामा नगरभित्रका ३५ वटा पछिमा बाजा समूहले दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएका छन् ।

सहभागी बाजा समूह

१.   महेश्वरी बाँसुरी बाजा समूह (ख), भ.न.पा ७
२.   बालाखु बाँंसुरी बाजा समूह, भ.न.पा २
३.   लोकेश्वर सांस्कृतिक समूह, भ.न.पा २
४.   महाकाली नाच खर्बुजा समूह, भ.न.पा ३
५.   सिद्धि गणेश बाँसुरी बाजा, भ.न.पा ७
६.   महाकाली प्याखं मुस्याख्व समूह,    भ.न.पा ३
७.   श्री नगांचा बाँसुरी बाजा समुह, भ.न.पा १०
८.   गछें दाफाभजन समूह, भ.न.पा ९
९.   मुक्ती संगीत प्रशिक्षण केन्द्र, भ.न.पा ५
१०.   देवी प्याखं,    भ.न.पा ४
११.   खिंछे दाफा भजन खल, भ.न.पा ५
१२.   याछें गणेश नौ बाजा दाफा भजन, भ.न.पा ६
१३.   श्री चोछें छुमा गणेश बाँसुरी बाजा खल, भ.न.पा ६
१४.   डम्बरेश्वर बाजा खल भजन मण्डल,    भ.न.पा ७
१५.   झिगु ख्वप बचत बांसुरी बाजा,    भ.न.पा ७
१६.   श्री नित्यनाथ बाँसुरी बाजा खल, भ.न.पा १०
१७.   लाकोलाछें जालांचा बाँसुरी बाजा, भ.न.पा ४
१८.   छुमा गणेश तुछीमला ढल्चा भजन, भ.न.पा ६
१९.   हरिभजन दाफा ब्यासी (क), भ.न.पा २
२०.   श्री कविलाश नृत्य नाथ बाँसुरी, बाजा समूह, भ.न.पा ४
२१.   हरिभजन दाफा ब्यासी (ख), भ.न.पा २
२२.   वाकुपति नारायण नौ दाफा भजन (क), भ.न.पा ९
२३.   महेश्वरी बांसुरी बाजा समूह (क)    , भ.न.पा ७
२४.   साकोलान ङखगुलाँ बाजा खल,    भ.न.पा ९
२५.   तचपाल मको गल्ली बाजा समूह,    भ.न.पा ९
२६.   वाकुपति नारायण नौ दाफा भजन (ख), भ.न.पा ९
२७.   भक्तपुर बचत तथा ऋण सहकारी संस्था, भ.न.पा ९
२८.   नास हैमा बाजा खल, भ.न.पा १
२९.   त्वचा गुरु गणेश समूह, भ.न.पा ९
३०.   कमिचा गल्ली बाँसुरी बाजा समूह, भ.न.पा ९
३१.   समृद्धि कृषि सहकारी संस्था लि. , भ.न.पा ९
३२.  पासा पुचः समू, भ.न.पा ९
३३.   छुमा गणेश बाँसुरी बाजा, भ.न.पा ६
३४.  आकास भैरव नौ बाजा भजन गुठी, भ.न.पा ४
३५. सनराइज बाँसुरी बाजा खलः, भनपा ८