हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ।
आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेश का पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशका पूर्वी हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राती भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा भने आंशिक बदली रहने छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।