logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेरी नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता


अंकुरण खबर
533
Shares

भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् ।

शनिबार साँझ पाँच बजे सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् ।

स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र  १० वर्षीय दिनेश बुढा रहेका छन् ।

प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य भइरहेको छ ।