अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका छन् ।
आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताएका हुन् ।
उनले भने,‘ अहिले अर्थतन्त्रमा देखिएका चुनौतीले भन्सारमा समेत प्रभाव पारेको छ । राष्ट्र बैंकले जारी गरेका कतिपय पत्रहरूले भन्सारमा प्रभाव पारिरहेको अवस्था छ । राष्ट्र बैंकका परिपत्रहरू देशको अर्थतन्त्रका चुनौतीलाई सामना गर्नका लागि बाध्यकारी परिस्थिति हो । त्यो व्यवस्था सधैं रहने नभएर केही सीमित समयको लागि निर्णय गरेका छौं । यति बेला भन्सार वैधबाट नभएर अवैध बाटोबाट कारोबार हुने देखिएकाले सहज हुनुपर्छ । यो भन्सारको मात्रै जिम्मेवारी नभएर सबै निकायले अनुगमन गर्नु पर्ने देखिन्छ ।’
चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको अर्थमन्त्री शर्माको भनाइ छ । उनले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्य अनुसार नै राजश्व संकलन हुने विस्वाससमेत व्यक्त गरे।