logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा


अंकुरण खबर
728
Shares

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला  १० रुपैयाँले बढेर तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।