logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १० जना पक्राउ


अंकुरण खबर
1.235K
Shares

काठमाडौंबाट प्रहरीले जुवातास खेलिरहेको १० जनालाई पक्राउ गरेको छ ।

बागलुङको खुङ्ला गाउँपालिका-८ का ३९ वर्षीय युवराज कँडेल लगायत १० जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले शनिबार उनीहरूबाट १ लाख ९ हजार ७४५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले घटनाबारे थपअनुसन्धान गरिरहेको जनाएको छ ।