logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : प्रवक्ता कार्की


अंकुरण खबर
1.43K
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले विशेष परिस्थितीमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको बताएका हुन् ।

‘यो गठबन्धनले कानुनी शासनको प्रत्याभूति गरेको छ र सुशासन दिने जुन सरकारको दायित्व हो, त्यो सरकारले जनतालाई प्रत्याभूत गरिरहेको छ’, उनले भने, ‘यो गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन्छ।’ आसन्न निर्वाचनमा आवश्यकता अनुसार वास्तबिकतालाई गम्भीर रुपले विश्लेषण गरेर अगाडी बढ्ने कांग्रेस नेता समेत रहेका कार्कीले बताए।

गठबन्धन कसैका विरुद्ध नगरिएको प्रष्ट्याउँदै उनले भने, ‘यो कुरा धेरै पटक सम्माननीय प्रधानमन्त्री ज्युले पनि अभिव्यक्त गरिसक्नु भएको छ, यो गठबन्धन मुलुकको एकता र स्थिरताको लागि हो, कसैका विरुद्ध होइन।’ कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जनताको भावना अनुसार चल्ने बताए।

एमसिसी सम्झौताका विषयमा बाहिर अनेक खालका भ्रम फैलिएको भन्दै उनले एमसिसी नेपालको संविधान र कानुनभन्दा माथि नभएको प्रष्ट्याए। ‘एमसिसी सम्झौता पल्टाएर हेर्नुस् एमसिसी र नेपालको कानुन बाझियो भने नेपालको संविधानमाथि हुन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ’, प्रवक्ता कार्कीले भने।