logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधि सभाको बैठक स्थगित


अंकुरण खबर
1.157K
Shares

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेस गरेपछि आजको बैठक स्थगित भएको हो ।

बैठकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव छलफलका लागि पेश गरेका छन् ।

प्रस्तावमाथि प्रतिनिधि सभाको अर्को बैठकमा छलफल हुने सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी गराए ।

प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।