logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
1.508K
Shares

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ । पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

शुक्रबार अपरान्ह ४ बजे हराएकी नाबालिका खोजी गर्ने क्रममा पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन् । रक्ताम्य अवस्थामा फेला परेकी ती बालिकाको शनिबार बिहान मृत्यु भएको थियो ।

पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ ।