logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजारमा हरियाली, नेप्स १०१ अंकले बढ्यो


अंकुरण खबर
507
Shares

सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो ।

आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । सेयर बजारमा करिब दुई महिनापछि यति ठूलो मात्रामा वृद्धि भएको हो ।

आइतबार अधिकांश कम्पनीले नाफा कमाएका छन् । आजको कारोबारमा दुई सय ११ कम्पनीले नाफा कमाएका छन् भने सात कम्पनीले सर्किट हानेको छन् ।

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा एशियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । ती कम्पनीको शेयर मूल्यमा समेत सकारात्मक सर्किट लाग्यो ।

उता मेगा म्युचुअल फण्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फण्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशतले गुमाए ।