पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
त्यस्तै २४ घण्टामा थप १ सय ९१ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।