logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मालपोत कार्यालय चावहिलका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


अंकुरण खबर
1.313K
Shares

मालपोत कार्यालय, चावहिल, काठमाडौंका कर्मचारीविरुद्ध भ्रष्टाचर मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार लक्ष्मण बस्नेतविरुद्ध बिगो एक लाख ३५ हजार कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खरिदार बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत एक लाख ३५ हजार रुपैयाँ मागेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनलाई घुस/रिसवत लिइसकेको अवस्थामा यही फागुन १२ गते नियन्त्रणमा लिएको थियो ।