logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?


अंकुरण खबर
897
Shares

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ८०० मा कारोबार भएको थियो।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ४१५ तोकिएको छ।