logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा बैठक : अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी


अंकुरण खबर
1.521K
Shares

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए ।

छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ ।

यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।