logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छः नेटो


अंकुरण खबर
1.274K
Shares

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।

‘अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ ।’ उनले भने ।

युक्रेनी जनताले साहसका साथ रुसी हमलाको प्रतिरोध गरे पनि  आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए ।

‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रुस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने । एजेन्सी