logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शून्य


अंकुरण खबर
728
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ।

त्यस्तै २४ घण्टामा थप १ सय ४८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन्।

हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।