logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले बोलायो सचिवालय बैठक


अंकुरण खबर
533
Shares

नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी एमालेको छ ।