logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गर्मी सुरु भयो सतर्कता अपनाउन महाशाखाको अनुरोध, यस्यो रहनेछ ३ दिनको मौसम पूर्वानुमान


अंकुरण खबर
1.547K
Shares

 

आज देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा सामान्य तया मौसम सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणालीको असर नेपालमा पनि कायम रहेको छ।

अब देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।

बुधबार (भोली) भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन्चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।