logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एमसीसी बारेको भ्रम चिर्न कांग्रेसले तयार पार्‍यो पुस्तक, ७७ वटै जिल्लामा वडासम्म पुर्‍याउने


अंकुरण खबर
598
Shares

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।

अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै कांग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।

एमसीसीविरुद्ध नागरिकहरुमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने कांग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।