logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनको राजधानी किभमा ३५ घन्टा कर्फ्यु


अंकुरण खबर
715
Shares

रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिनमा राजधानी किएभका मेयर भिटाली क्लित्स्कोले आज रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइने बताएका छन् ।

उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन् । उनले मंगलबार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चार जनाको ज्यान गएको बताए ।

मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उनले आह्वान गरेका छन्।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।