logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान, १० चैतसम्मको समयसीमा


अंकुरण खबर
910
Shares

संघीय संसद्‍को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छरछैन भनेर १० चैतिभत्र उजुरी दिन भनेको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्को गत फागुन अन्तिम साताको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ ।