logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु


अंकुरण खबर
741
Shares

उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन् । स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी आलेमगरलाई बुधबार बिहान पौने ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।