logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थप ८२ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य


अंकुरण खबर
611
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टिजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।