logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा शक्तिशाली भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा, थप विवरण आउन बाँकी


अंकुरण खबर
611
Shares

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ ।

भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ ।

बुधबार साँझ जापानमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको थियो । भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको थियो ।