logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बौद्धमा घरको छतबाट खस्दा एक किशोरी गम्भीर घाइते


अंकुरण खबर
1.144K
Shares

बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार घाइते किशोरीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको  छ ।