logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौं महानगरपालिकाका सबै सम्पदाको पुनर्निर्माण गर्छाै, काम अनुसार प्रचार भएन् : मेयर शाक्य


अंकुरण खबर
1.274K
Shares

काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरेको बताएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफू २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भइ आएपछि हालसम्म १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको बताएका हुन् ।

उनले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठिघर लगायतका १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको जानकारी दिए ।

उनले उपत्यका भित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माणमा पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताए। यस्तै, उपत्यका बाहिर लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कामहरु भएको उनले उल्लेख गरे।

प्रमुख शाक्यले महानगरपालिका भित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि हरेक वर्ष १०० करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याउने गरिएको जानकारी दिए।

काम अनुसार प्रचार भएन्

मेयर शाक्यले आफुले काम गरे अनुसार प्रचार नभएको र कहिलेकाँही मिडियामा आएका हेडलाइनले भ्रम सृजना गरेको गुनासो गरे ।

उनले भने ‘ महानगर भित्र आएका काम र विवादको विषयमा जे–जे हेडलाइन आए सबै सत्य हैन्, कन्टेनमा ठिक थियो । कत्तिको बानी हुन्छ हेडलाइन मात्र हेरेर धारणा बनाउने । तर हेडलाइन कडा आउँदा कन्टेन सही भए पनि धेरै ठूलो हो कि जस्तो भएको छ’।

पार्टीको निर्णय स्वीकार्य छ

एक अर्को प्रसंगमा मेयर शाक्यले जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक भएको बताए । साथै उनले आउने निर्वाचनमा पुनः मेयर उठने नउठने विषय पार्टीले जे निर्णय गर्छ सो मान्ने बताए ।