logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कास्कीमा पर्यटक लिन गएको गाडी दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.027K
Shares

कास्कीमा स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

माछापुच्छ्रे गाउँपालिका–८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको जिप पल्टिएको हो ।

जिप पल्टिँदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको अस्ताम इको भिलेजको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडी पठाएर ल्याइएको छ ।