logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकाको १४ नं वडाको वडा भवन उद्घाटन, काठमाडौंमा धेरै विकास भएको छ : मेयर शाक्य


अंकुरण खबर
1.183K
Shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका बेला जनताबीच गरेका अधिकांश बाचा पुरा गरेको दावी गरेका छन् ।

शनिबार महानगरपालिकाको वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै मेयर शाक्यले आफूले जनतासंग गरेका बाचा धेरै हदसम्म पूरा गरेको बताए । आफुले अभिभाबकको रुपमा सबै वडामा प्रशस्त बजेट छुट्टाएको र आवश्यक सहयोग गरेकै कारण काठमाडौं महानगरपालिकाले समग्र विकासमा ठुलो फड्को मारेको मेयरको दाबी छ ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले काठमाडौंलाई राम्रो र सुविधासम्पन्न सहर बनाउन ढल, खानेपानी जस्ता न्यूनतम कुरादेखिनै व्यवस्थित बनाउदै जानु पर्ने बताइन् । अबसर पाए महिलाले पुरुषको भन्दा धेरै राम्रो काम गरेर प्रमाणित गरेको उपमेयर खड्कीको भनाई थियो ।

त्यस्तै वडा नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटाले वडा भवन निर्माणका क्रममा मुद्धा मामलादेखि धेरै समस्या भोग्नु परेपनि कुनै प्रवाह नगरि निरन्तर काम गरेकै कारण भवन बनाउन सफल भएको बताइन् ।

आफुलाई महिला वडा अध्यक्षको रुपमा वडाबासीले विश्वास गरेर दिएको मतको पूर्ण सदुपयोग गरेकाले आफ्नो वडामा धेरै विकास भएको उनको भनाई थियो । उनले आफु सधै जनताको सेवक भएको र सोही बमोजिम काम गरेकाले आफ्नो साथै सम्पूर्ण वडाबासीको शिर उच्च भएको बताइन् ।

कार्यक्रममा वडाबासी मध्यबाट विभिन्न क्षेत्रमा अब्बल ठहरिएका व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।