logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रचण्ड पोखरा प्रस्थान


अंकुरण खबर
936
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गण्डकी प्रदेशको राजधानी पोखरा गएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन् ।

प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए ।

प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन् ।

प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन् ।