नेपाली बजारमा सुनको भाउ आइतबार छ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।