logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

छ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


अंकुरण खबर
650
Shares

नेपाली बजारमा सुनको भाउ आइतबार छ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।