logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय


अंकुरण खबर
663
Shares

ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ ।

दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मितीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने बताए ।