logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको प्रश्न – निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?


अंकुरण खबर
572
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन्

मतपत्रमा निर्वाचन चिन्ह मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, ‘पुरै मतपत्र हरियो बनाउने रे ! निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।’

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयको उनले विरोध जनाए

उनले भने, ‘मनोनयनको लागि दुई दिन समय दिने भो दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको ? देख्नु भएको ? जहाँपनि मनोनयन एकै दिन हुन्छ विश्वभरी मनोनयन एकै दिन हुन्छ नेपालमा दुई दिन मनोनयन ।’

पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उनले प्रश्न समेत गरेका थिए