logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कार आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
533
Shares

बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।