logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धको रिटमा सुनुवाइ हुँदै


अंकुरण खबर
611
Shares

स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिताविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।