logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा


अंकुरण खबर
1.144K
Shares

जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबार हुँदै छ ।

रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन् । निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयोगले बनाएको आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएको र उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

उनले प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगो नभएको र स्थानीय तह पनि रिक्त हुने पनि दाबी गरेका छन् ।

शेर्पाको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले कानुनी प्रतिरक्षा गर्ने छन् । आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार (हिजो) सर्वोच्चमा रिट दायर गरेका हुन् ।