logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ : प्रचण्ड


अंकुरण खबर
507
Shares

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् ।

लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।

अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन् ।