logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोप हुँदै पानीघट्टा


अंकुरण खबर
1.131K
Shares

गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै सोलुखुम्बुमा पानीबाट चल्ने पानीघट्टा लोप हुँदै जान थालेको छ ।

नयाँनयाँ आधुनिक प्रविधि भित्रिएपछि पानीघट्टा लोप हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मकी डिककुमारी कार्कीको भनाइ छ ।

विगतमा परम्परागत रुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको पानीघट्टा विद्युतको पहुँच गाउँघर सबैतिर पुगेसँगै त्यसको पनि लोप हुन थालेको माप्य दुधकोशी गाउँपालिकाका सोमबहादुर राईले बताए ।

रातभरी जाँतोमा पिठो पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्टा केही वर्षयता लोप हुँदै गएको सोलुवासीको भनाइ छ ।

पानीघट्टा लोप हुँदै जानुमा धेरै कारणहरू छन, जसमध्ये विगतको तुलनामा पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनु तथा खोला खाल्सीमा भएका पानीहरु एक ठाउँमा जम्मा गरी विद्युत उतपादन गर्नु लागयत छन् । छिटो छरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्टा बनाउनै छाडेको र सोसम्बन्धी ज्ञान राख्ने मान्छे पनि कम भएकोले पनि लोप हुन थालेको हो ।