logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
741
Shares

नेपाली बजारमा सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।