logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।

प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ ।

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए ।

प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन सहरको शिक्षक रहेको बताएको छ । एजेन्सी