logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा तीन दिनमै १४ सय ६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन फारम भरे


अंकुरण खबर
1.079K
Shares

आगाम ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेसँगै लमजुङमा फारम भर्नेहरूको भिड लागेको छ ।

सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरू भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन विद्यार्थीदेखि बेरोजगार युवायुवती तथा गृहिणीसमेत अधिक मात्रामा छन् ।

मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा १४ सय ६४ जनाको फारम दर्ता भएको छ । जसमा दुई सय ४३ महिला र १२ सय २१ जना पुरुषले फारम दर्ता गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार लमजुङमा नौ सय ८६ म्यादी प्रहरीको माग छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कार्कीका अनुसार आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम ११ चैत साँझ ५ बजेसम्म रहनेछ । उनले म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन सक्नेछन् ।