अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा. सूर्यनारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन् ।
२८ फागुनमा भएको आगलागीबाट यहाँका ११ परिवारको सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।
डा. यादवले भने, ‘विपदको बेला सबैको ध्यान खाद्यन्नमा मात्रै हुन्छ । दिएको खाद्यन्न कसरी र कहाँ पकाउने ध्यान हुँदैन । यही कारण खाना पकाउने सबै सेट दिएका हुँ ।’ अग्नीपीडित सत्यनारायण यादवले ग्यास चुलो पाप्त भएसँगै सुत्केरी, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई सहज भएको बताए ।
आगलागीबाट डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला यादव, मनोज कुमार यादव, महेश यादव, बृजनारायण यादव, सत्यनारायण यादव, अर्मेन्द्र यादव र उपेन्द्र यादवको लाखौंको धनसम्पत्ति जलेर नष्ट भएको थियो ।