logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थापनको दुई वर्षमा सुदूरपश्चिम प्रदेश लोकसेवाले बल्ल खोल्यो विज्ञापन


अंकुरण खबर
1.482K
Shares

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थापनाको करिब दुई वर्षपछि पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ ।

स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले जनरल फरेष्ट्री खुलातर्फ ९२ जना माग गरेको छ । यसैगरी, २५ जना महिला, २० जना आदिवासी जनजाति, १६ जना मधेसी, सात जना दलित, चार जना अपाङ्ग, तीन जना पिछडिएको क्षेत्र गरी जम्मा एक सय ६७ पदका लागि विज्ञापन आह्वान गरेको प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले बताए ।

आयोगले विभिन्न सेवाका क्षेत्रका लागि सहायक स्तर पाँचौ तहका प्राविधिक पदमा फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र वैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।

सहायक स्तर पाँचौ तहका प्राविधिक पदहरूतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको कम्प्यूटर अधिकृत भण्डारीले बताए ।