logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले केन्द्रीय कमिटी बैठक : सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकियो


अंकुरण खबर
676
Shares

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।

प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिङ गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सबै प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशमा पार्टीको संगठनबारे धारणा राखेका थिए ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइएको हो ।