logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भित्र एमाले केन्द्रीय कमिटीको बैठक, बाहिर युट्युबरको कुटाकुट


अंकुरण खबर
1.053K
Shares

एमाले केन्द्रीय कमिटीको बैठक बसेको बबरमहलस्थित कार्की ब्यांक्वेट बाहिर कुटाकुट भएको छ ।

कार्की व्याङ्क्वेट बाहिर दुई जनाबीच कुटाकुट भएकाले उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

कुटाकुट गर्ने व्यक्ति एमाले सदस्य नभई युट्युबर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  प्रहरीले बताएको छ ।

अहिले दुबै जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीहरुबीच पुरानो रिसइबी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।