logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
767
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ दुई पैसा र बिक्री दर १३४ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ आठ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ २० पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ सात पैसा र बिक्री दर ९१ रुपैयाँ ५२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ छ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ ।