logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चौदण्डीगढीमा सुत्केरी आमालाई पोषणयुक्त खाद्यान्न वितरण


अंकुरण खबर
1.326K
Shares

उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई घरघरमा पोषणयुक्त खाद्यान्न तथा घ्यू वितरण थालेको छ ।

जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीले खाद्यान्न वितरण गरेकी हुन् ।

हरेक वर्षको असार महिनादेखि यता सुत्केरी आमालाई १० केजी चामल, १ केजी दाल, १ केजी घ्यू, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न वितरण गर्ने गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।

बुधबरबाट उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरेकी छन् । अन्य वडामा क्रमश: बितरण गर्दै लैजाने योजना रहेको बताइन् ।