logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

ट्रयाक्टरमा च्यापिएर हेटौँडामा चालकको मृत्यु


अंकुरण खबर
689
Shares

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् । गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानीय राप्तिखोलामा खसेको थियो ।

काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार स्थानीय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको ईलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ ।