logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


अंकुरण खबर
767
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

शनिबार पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।